धनगढीः कैलालीको धनगढीबाट भरूवा बन्दुक बरामद गरिएको छ। प्रहरीले शनिबार राति धनगढी उपमहानगरपालिका–१८ तुल्सीबारीबाट भरूवा बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरी टोलीले तुल्सीबारीबाट सुकेको खर बोकेर जाँदै गरेको साइकलबाट भरुवा बन्दुक बरामद गरेको हो।


