डडेल्धुराः डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ पीपलचौतारामा जीप दुर्घटना भएको हो। बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो। जीपमा चालकसहित ८ जना सवार रहेकोमा २ जना घाइते भएको र बाँकी ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन्। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ।
डडेल्धुरामा जीप दुर्घटना हुँदा २ गम्भिर घाइते, चालक प्रहरी नियन्त्रणमा
डडेल्धुरामा जीप दुर्घटना हुँदा २ गम्भिर घाइते, चालक प्रहरी नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

