काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।
प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज(जमानले हिंसा अन्त्य गर्नसमेत आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ ।”
यता प्रधानमन्त्री निवासमा भने प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् ।