टीकापुर: मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ। कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’ नगद सहायता वितरण गरिएको छ।
कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेको विपद् पूर्व कार्य ढाँचा र विपद् पूर्व सूचना संयन्त्रलाई आधार मानेर पूर्व तयारीका आठ वटा चरणमा अभ्यास गरिएको हो। कृत्रिम घटना अभ्यासमा समुदायलाई सूचना प्रवाह, नगद सहायता, नाला सरसफाइलगायत काम भएका छन्। टीकापुरले वडा नं ८ का नौ र वडा नं २ का एक अपाङ्गता भएका परिवारलाई अग्रिम नगद सहायता वितरण गरेको होु, विपद् शाखा प्रमुख निर्मला चौधरीले भने, जोखिममा रहेकालाई प्रतिपरिवार रु एक हजारका दरले सहायता वितरण गरिएको हो।
बाढी आउनुअघि सुरक्षित रहन सहयोग गर्न नगद सहायता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने खाता प्रयोग गरेर उपलब्ध गराइएको हो। नमुना अभ्यासमा सात दिने पूर्वानुमान र तीन दिने पूर्वानुमानसम्बन्धी सूचनाअनुसार छनोट गरिएको समुदायमा सूचना प्रवाह तथा एसएमएस गरिएको थियो।
विपद् शाखा प्रमुख चौधरीले घटना अभ्यास गर्दा समुदाय सचेत रहेका, जनप्रतिनिधि पनि चनाखो रहेको पाइएको बताए। ुघटना अभ्यास गर्दा जोखिममा रहेका समुदायका नागरिकले बाढी आउन थालेको हो कि पूर्वाभ्यास हो भनी फोन गरे, यसले समुदायका नागरिक सचेत छन् भन्ने बुझिन्छु, उनले भने, ुअग्रिम नगद सहायता वितरणले बाढी पूर्वको तयारीका लागि सङ्कटासन्न समुदायलाई सहयोग हुन्छ। घटना अभ्यासमा हामीले उनीहरूले नगद सहायता पाएका कसरी प्रयोग गर्छन् भनी हेरेका छौँ।ु