बैतडी : बैतडीका एक युवक काठमाडौँमा मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका हुन्। यही असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन्। प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ। स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए।
बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन्। मृतक बोहरा पछिल्लो ७ महिनादेखि काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए। काठमाडौँ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।