धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा विविध तर्फ कार्य सञ्चालन तथा खाजामा मात्रै झन्डै आधार करोड खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखा परीक्षक प्रतिवेदनमा ४९ लाख ७५ हजार ९१ रुपैयाँ कार्य सञ्चालन तथा खाजामा मात्रै खर्च भएको उल्लेख गरिएको छ । उक्त खर्च आन्तरिक आयको ६ प्रतिशत हुन आउँछ ।
घोडाघोडीमा यो वर्ष २ करोड ९७ लाख ९० हजार बेरुजु देखिएको छ ।अन्तिम लेखा परीक्षक प्रतिवेदनमा ६५ लाख ५१ हजार असुल गर्नु पर्ने , ९७ लाख २७ हजार प्रमाण कागज पेश गर्नुपर्ने र १ करोड ३३ लाख ४३ हजार नियमित गर्नुपर्ने रकम रहेको उल्लेख गरिएको छ ।घोडाघोडीमा प्रत्येक वर्ष बेरुजु बढिरहेको छ । गत वर्ष सम्म ४६ करोड ५८ लाख ६२ बेरुजु रहेकोमा आर्थिक वर्ष २०७९/८०को बेरुजु थप हुँदा अहिले ४९ करोड ५४ लाख ८३ हजार बेरुजु रहेको जनाइएको छ ।
नगरपालिकाले दर्जनौँ ऐन विपरीत कामहरू गरेको पाइएको छ ।


