कैलालीः धनगढीबाट तीन लाख बढीका अवैध सामान बरामद गरीएको छ। धनगढी उपमहानगरपालिका– ४ बसपार्क पछाडीबाट भन्सार छलिका करिब ३ लाख १० हजार २ सय पचास मूल्य बराबरको सेन्डिल चप्पल ५ सय ५ जोर र प्रेसर कुकरको रबर ६ हजार ७ सय पिस नियन्त्रणमा लिएको हो।
उक्त भन्सार छलिको सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्।