धनगढी : कैलालीको भजनी नगरपालिकाका प्रमुख र उप-प्रमुखले ऐन बिपरित स्वकिय सचिव राखेको पाइएको छ । महालेखा परिक्षकको २०७९/८० को प्रतिवेदन अनुसार भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उप प्रमुख राजु तिरुवाको सचिवालय सहयोगका लागी धन सिहं कुडमान क्षेत्रीलाई स्वकिय सचिव राखी पाचौँ तह नायब सुब्बा सरह पारिश्रमिक उपलब्ध भएको पाइएको हो ।
स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन २०७५ मा पालिका प्रमुख र उप प्रमुखलाई स्वकिय सचिव सम्बन्धी कुनै ब्यवस्था नगरेको भएपनि भजनी नगरपालिकाका प्रमुख र उप प्रमुखले स्वकिय सचिव राखेको पाइन्छ । स्वकिय सचिव धन सिहं कुडमान क्षेत्रीलाई चार लाख ५१ हजार ४ सय ९० रुपयाँ पारिश्रमिक दिएको पाइएको छ । महालेखाले यसलाई अनियभिमता भएको ठहर गरेको छ ।


