धनगढी : कैलालीको एक कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षती भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका – १२ डि गाउँका गगन खत्रीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
कुखुरा नभएको समयमा आगलागी हुदाँ चौपाया तथा मानविय क्षति हुन नपाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी जिल्लाकै जानकी गाउपालिका – ५ पथरैयाका चक्र भुलको काठको कच्ची गोठमा पनि आगलागी भएको छ । बिजुलीको तार सर्ट हुन गइ आगलागी हुँदा गोठभित्र रहेका अन्नपात, काठ लगायतका सामानहरु गरी अन्दाजी ८३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


