धनगढी : कैलालीका बिभिन्न ठाउँबाट ५ लाख बढीको अबैध समान बरामद गरिएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी–४ बसपार्क, धनगढी–१९ फुलवारी, भजनी नगरपालिका–६ थापापुर, भजनी–८ खैराबाट भन्सार छलिका सामान बरामद गरेको हो।
यस्तै टीकापुर नगरपालिका–७ वैदी, गौरीगंगा नगरपालिका–४ खुरखुरिया, जोशिपुर गाउँपालिका–१ पिपलकोटी, जोशिपुर–४ बाणी, कैलारी गाउँपालिका–४ के गाउ, कैलारी–५ पबेराबाट भन्सार छलिका सामान बरामद गरेको प्रहरीले जनाएको छ।


