धनगढी। कैलालीमा बिभिन्न मुद्दाका फरार एक महिलासहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की ६५ वर्षीया मन्धरादेवी राना जाल साक्षी मुद्दामा पक्राउ परेकी छिन् ।
अदालतबाट जाल साक्षी मुद्दामा १५ लाख दुई सय जरीवानासहित दोषी ठहर भई फरार रहेकी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने ३४ वर्षीय दिर्घ पार्की पक्राउ परेका छन्।
अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरुलाई दुबैलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परका दुबैलाई अदालतमा पेश गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको बताइएको छ ।