धनगढी : नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सगंठन सुदुरपश्चिम प्रदेशको अध्यक्षमा पदम सापकोटा चयन भएका छन् । आइतबार धनगढीमा भएको सगठंनको दोश्रो अधिवेशनबाट सापकोटालाई नेतृत्व दिइएको हो । दोश्रो अधिवेशन कार्यक्रममा नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सगंठनका महासचिव डेकनाथ गौतमले सापकोटालाई प्रदेश अध्यक्ष घोषणा गरेका थिए । सगंठनको प्रदेश उपाध्यक्ष बिष्णु प्रसाद खरेल, सचिवमा दिल बहादुर खलौला, उप सचिव तिर्थ राज जोशी र कोषाध्यक्षको जिम्मेवारी श्याम प्रसाद पाण्डेयलाई दिइएको छ ।
प्रदेशका ९ वटै जिल्लालाई समेटेर १४ सदस्यिय प्रदेश कमिटि घोषणा गरिएको हो । दोश्रो अधिवेशनकै उद्घाटन सत्रमा कैलाली र कञ्चनपुरको जिल्ला कमिटिपनि घोषणा गरिएको छ । कैलाली जिल्लाको अध्यक्षमा जैरे बुढा चयन भएका छन्, भने उपाध्यक्ष तेज सिहं ठगुन्ना, सचिव शुरेस मलासी, उप सचिवमा राम अधिकारी तथा कोषाध्यक्षमा घनश्याम डागी सहित ९ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको छ । कञ्चनपुरको अध्यक्षमा निरन्जन मल्ल, उपाध्यक्ष लिला जोशी, सचिवमा आनन्द जोशी, उप सचिवमा शिवलाल भण्डारी, कोषाध्यक्षमा होम बहादुर पन्थी सहित १० सदस्यिय जिल्ला कमिटि घोषणा गरिएको हो ।
नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण प्रसाद जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न दोश्रो अधिवेशनमा नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सगंठनका महासचिव डेकनाथ गौतम, एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्द, जिफन्ट सहकारी प्रबद्र्धन बिभाग सयोंजक तथा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य देव बहादुर बम, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, जिफन्ट सुदुरपश्चिम अध्यक्ष जित बहादुर मल्ल, भलाई कोष अध्यक्ष केशव पन्त, नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम अध्यक्ष ललित चन्द लगायतले मन्तब्य राखेका थिए ।