धनगढी। धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना पक्राउ परेको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरूको साथबाट ७२० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।