धनगढी। प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसइई आइडलको तेस्रो संस्करणको सेमिफाइनलको आज धनगढीमा भव्य रूपले सम्पन्न भएको छ ।
शनिवार धनगढीको ओम प्यालेसमा मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी प्रमुख अतिथि रहेका थिए । जोरायल गापाका अध्यक्ष दुर्गादत्त ओझा र चुरे गापाका अध्यक्ष चक्र बोगटी विशिष्ट अतिथि रहेका थिए ।
सेमिफाइनलमा नृत्य तर्फका ३७ र गायन तर्फका ३० जना प्रतिस्पर्धी विद्यार्थीले प्रवेश पाएका हुन् । सेमिफाइनलमा वि.स. २०८० मा एसइईको परीक्षा दिएका र अब कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूले निःशुल्क प्रवेश र निःशुल्क भोट पनि गर्ने अवसर पाएका थिए ।
वि.सं. २०८० सालमा एसइई दिएका विद्यार्थीहरू मात्र सहभागी भएको यस प्रतियोगिताका अडिसनहरू वि.सं. २०८० असोजबाट सुरु भएका हुन् । अब सेमिफाइनलबाट नृत्यका उत्कृष्ट १५ र गायनका उत्कृष्ट १५ जना विद्यार्थीहरूले फाइनलमा प्रवेश पाउनेछन् । सेमिफाइनलको नतिजा यहि वैशाख २३ गते सार्वजनिक हुने कुरा कार्यक्रम संयोजक गुणाकर पनेरुले बताएका छन् ।
आज सेमिफाइनलमा निस्शुल्क भोटिङ र निर्णायकले अङ्क दिने कार्य समाप्त भएपनि अनलाइन भोटिङ वैशाख २२ गते सम्म जारी रहने भएकाले सेमिफाइनलको अन्तिम नतिजा वैशाख २३ गते सार्वजनिक हुनेछ । फाइनल वि.सं. २०८१ असार १ गते शनिवारका दिन ओम प्यालेस धनगढीमा आयोजना हुनेछ ।
फाइनलमा नृत्यको विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्र वृत्तिका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् भने गायन तर्फका विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्र वृत्तिका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् । यसका साथै विजेता, उप–विजेता, अन्य प्रतिस्पर्धीहरूले पनि हात पार्नेछन्। यसका साथै कार्यक्रम हेर्न आउने वि।स। २०८० मा एसइईको परीक्षा दिएका र कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूले निःशुल्क चिठ्ठीबाट विभिन्न उपहार पनि पाउनेछन् ।