धनगढी : सुदुरपश्चिम सरकारको नेतृत्वका बिषयमा पार्टी भित्रै बिवाद बढ्दै गएपछि नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेस्ठ र संरक्षक समेत रहेका रञ्जिताकै श्रीमान रेशम चौधरी बिच दुरी निकै बढेको छ । नयाँ सत्ता गठबन्धन बनेदेखीनै अध्यक्ष र संरक्षक बिच बढेको बिवाद उत्कर्षमा पुगेको छ । पार्टीकै बिवादका कारण उनिहरुबिच न बोलचाल छ न भेटघाट नै । सुदुरपश्चिम सरकारकै नेतृत्व लिने बिषयमा सहमती जुट्न नसक्दा अध्यक्ष श्रेस्ठ र संरक्षक चौधरी समर्थक दुई जनाले मुख्यमन्त्रीका लागी दावी पेस गरेका छन् । केही दिन बर्दियामा रहेका रेशम हिजो मात्रै धनगढी पुगेका थिए । बर्तमान मुख्यमन्त्री कमल शाहसंग निकै निकट रहेका रेशम शाहकै समर्थनमा आफ्ना पक्षका लक्ष्मण किसोर चौधरीलाई मुख्यमन्त्री बनाउन चाहान्छन् ।
चौधरीले मुख्यमन्त्री शाहकै समर्थनमा लक्ष्मण किसोरलाई आज मुख्यमन्त्रीका लागी दावी पेस गर्न लगाए । मुख्यमन्त्री निवासमै बसेर राजनितिक अकं गणितमा रहेका रेशमले काग्रेंस मात्रै होइन बर्तमान सत्ता गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीलाई समेत फकाउन भ्यायो । उनी समर्थक लक्ष्मण किसोरलाई नेकपा एकिकृत समाजवादीको संसदिय दलले समेत समर्थन गरेको छ । रेशम धनगढीमै बसेर पार्टी प्रदेशसभामा कब्जा जमाइ रहेका बेला अध्यक्ष रञ्जिता श्रेस्ठपनि आज धनगढी पुगिन् । धनगढी बिमानस्थलबाटै प्रहरी स्कटिङमा प्रदेश प्रमुखको कार्यालय पुगेकी रञ्जिताले प्रदेश प्रमुख नाजिर मिया र संसद सचिवालयमा पुगेर सभामुख भिम भण्डारी संगपनि छलफल गरिन् । पार्टी निर्णय बिपरित काम गरेको भन्दै आफैले कार्वाही गरेकी समानुपातिक सांसद इन्दिरा गिरिको कार्वाहीमा सर्बोच्चले कार्यान्वयन नगर्न स्टेअडर दिएपछि तनावमा रहेकी रञ्जिताले धनगढीको सौराई प्यालेसमा आफ्ना समर्थकहरुसंग छलफल गरिन् । करिब साढे ७ बजेसम्म भेटघाट र छलफलमै रहेकी रञ्जिता लम्की गएकि छिन् ।
आज लम्कीमै बास बस्ने गरी उनि प्रतिनिधीसभा सदस्य अरुण चौधरी लगायतका नेता सहित धनगढीबाट निस्केकी हुन् । श्रेस्ठले भोलीसम्म नेकपा एकिकृत समाजवादी समेत कैलास चौधरीको पक्षमा समर्थन गर्ने बिश्वास ब्यक्त गर्दै कैलासनै मुख्यमन्त्री बन्ने आसय ब्यक्त गरिन् । रञ्जिता धनगढी पुग्दा पार्टी संरक्षक तथा श्रीमान रेशम कहाँ छन्, भन्ने पत्तो पाएकि थिइनन् । रेशम सित भेट हुनु त कहाँ हो फोनमा कुराकानी समेत भएन । रेशम र रञ्जितामा श्रीमान÷श्रीमतीका केही कुरा भए थाहा भएन पार्टी बिवादपछि भेटघाट र कुराकानी नभएको धेरै भइसकेको छ उन्मुक्तीकै एक नेताले भने “पार्टीभित्र निकै अन्तर सघर्ष चलिरहेको छ, एकले अर्कोलाई स्वूकार्न नसकिने अवस्थामा अहिले अध्यक्ष र संरक्षक पुग्नुभएको छ, त्यस कारण भेटघाटको कल्पना नगर्दापनि हुन्छ ।”
यता पार्टीका संरक्षक रेशम चौधरी मुख्यमन्त्री निवासमै रहेको श्रोतले बतायो । उनि मुख्यमन्त्री कमल बहादुर शाहसंगै छन् । श्रोतले भन्यो “रेशमले सके कमल शाहको समर्थनमा लक्ष्मण किसोरलाई मुख्यमन्त्री बनाउनुहुन्छ, नभए तेश्रो बुँदामा गए कमल बहादुर शाहलाइनै बिश्वासको मत दिलाउनमा लाग्नु हुन्छ, उहाँ काग्रेंस संगको सहकार्य बिपरित जानुहुन्न ।” नागरिक उन्मुक्तीले सत्तागठबन्धनमा सुदुरपश्चिमको मुख्यमन्त्री आफ्नै भागमा पर्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, एमाले अध्यक्ष केपी सर्मा ओली, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सहमती गरेका थिए । सो सहमतीपछि मुख्यमन्त्रीका लागी कैलास चौधरीलाई दावी पेस गराउने तयारी गरेपनि रेशम पक्षले लक्ष्मण किसोरलाइनै अगाडी सारेको थियो । नयाँ गठबन्धन आएपछि पार्टी र परिवारमा आएको बिवाद सुदुरपश्चिम सरकार गठनमा साम्य हुने अनुमान गरिएपनि बिवाद झन बढेको छ ।
बिवादकै बिच नागरिक उन्मुक्ती पार्टीकै २ जनाले सुदुरपश्चिमको मुख्यमन्त्रीका लागी दावी पेस गरेका हुन् । मुख्यमन्त्रीका लागी दावी पेस गर्न प्रदेश प्रमुख नाजिर मियाले समय दिएको अन्तिम दिन उन्मुक्तीकै दुई प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । उन्मुक्तीमा संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किसोर चौधरी र अध्यक्ष रञ्जिता पक्षका कैलास चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । मुख्यमन्त्रीमा दुई जनाको दावी पेस भएपछि प्रदेश प्रमुख नाजिर मियाले कुनै निर्णय लिन सकेका छैनन् । मिया कानुनी तथा राजनितिक सल्लाह लिएर निर्णय लिने पक्षमा छन् । दुई जनाको दावी पेस भइरहँदा अब सबै प्रदेशसभा सदस्य बोलाएर सनाखत गर्ने सम्मको तयारी प्रदेश प्रमुख मियाले गरेका छन् । सनाखत हुँदा दोधारमा देखिएको एकिकृत समाजवादी निर्णायक हुने छ ।