धनगढी। कैलारीबाट अबैध माछा बरामद गरिएको छ। कैलालीको कैलारी गाउँपालिका–७ हौसलपुरघाटबाट प्रहरीले अबैध माछा बरामद गरेको हो ।
हौसलपुरघाटबाट ५० किलोग्राम अबैध छिद्रा माछा बरामद गरिएको प्रहरीले जनाएको छ । २० हजार मुल्यका ती अबैध माछा शनिबार इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।