सबै मानिसहरु मर्न चाहादैनन, बाच्न नै चाहान्छन र बाच्नका लागि आफ्नो जिवनकालमा अनैकौ संघर्ष र प्रयत्नहरु गरिराखेकै हुन्छन । मृत्युदखि नडराउने मान्छे संसारमा सायद कोहीनहोलान । जुनसुकै परिस्थितिआएपनि, जस्तोसुकै जटिल रोग लागेपनि, जति समस्या परेपनीति सबै चुनौतीहरुको सामना गरेर मान्छे बाच्न चाहान्छन तर हार खानभने चाहादैनन । आफ्नो भौतिकजिवनको भोग गर्न हरदमतत्पर रहन्छन । जन्म पछि मृत्यु वास्तविक, स्वभाविक र धुर्वसत्य कुराहो । तर जन्मै देखी मृत्यको मिति नतोकिएको हुनाले मान्छेलाई त्यो मृत्युको कुरा यादआउदैन । आफनो जिवन सुखी बनाउन, खुसी बनाउन, शुन्दर तथा हराभरा बनाउनका लागी मानिसहरु जिवनप्रति आशावादी रहीहास्न, रमाउनर विभिन्न कार्यहरुमा व्यस्त रहने गर्दछन । तर कुनै व्यक्तिको विचार÷भावना, शरिर, व्यवहार र सम्बन्धमा अचानक परिर्वतनआई व्यक्तिगत, पारिवारिक, सामाजिक र सांस्कृतिक कृयाकलापहरुमा उसको व्यवहारलाई औल्याउन सक्ने असर देखाउन थाल्छ र उसका कृयकलापहरुले दैनिकजिवनमा प्रत्यक्ष असर पर्न थाल्छ भने त्यसपछी उसमा विभिन्नकिसिमका लक्षणहरु देखा पर्न थाल्दछन । समयमै ति लक्षणहरु र समस्याहरु पहिचान गरी उपचार गर्न नसकेमा समस्याको सतहक्रमिक रुपमा बढ्दै जान्छ । जब मानिसहरुले आफ्नो समस्या समाधानका लागी कुनैपनि उपाय देख्दैन त्यसपछि मान्छे आफैले आफैलाई हानीगर्ने तथाआत्महत्याको बाटो रोज्ने गर्दछन ।
सामान्य अर्थमाआफैले आफ्नो हत्यागर्नु÷मार्नु हो । विभिन्न उपाय र स्रोत, साधनहरुको प्रयोग गरी जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्नुलाई आत्महत्या भनिन्छ ।आत्महत्या जैविक, वंशाणुगत, मनोवैज्ञानिक, सामाजिक र वातावरण बिचको जटिल अन्तरक्रियाको परिणाम हो ।आत्महत्या विश्वभरी नै हुने गर्दछ । अधिकाशं मानिसहरु अत्यधिक मानसिक पिडाहरु सहन नसकेर आफ्नै जिवन देखि विरत्त लागेर मर्नुलाई अन्तिम बाटो रोजी आत्महत्यागर्ने गर्दछन । कतिपय मानिसहरु दुरुत्साहन र उत्तेजितभ एर पनि आत्महत्यागर्ने गरेका छन । उदाहरणका लागि केहीदिन अगाडी कर्णालीपुलको घटनालाई लिन सकिन्छ । धेरै देशहरुमा यसलाई सामाजिक, धार्मिक रुपमा पापमान्नुका साथै कानुनी रुपमा अपराध समेत मानिन्छ । आत्महत्या विश्वव्यापी घटना भएपनि ६७%आत्महत्याका घटनाहरु नेपाल जस्ता विकासोन्मुख देशहरुमा हुनेगरेको तथ्याङ्क छ ।
WHO को तथ्याङ्क अनुसार विश्वमा वर्षेनी ८–१० लाख मानिसहरु आत्महत्याका कारण मृत्युका शिकार हुने गरेका छन । हरेक ३ सेकेन्डमा १ जनाले आत्महत्या प्रयास गरेका हुन्छन भने प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्यागर्ने गरेको देखाएको छ । जसबाट २५ देखी ३५ नजीकका व्यक्तिलाइ प्रत्यक्ष असर परी उनीहरको दैनिकी जिवनमा कठिनाई भइरहेको पाइन्छ ।प्रायजसो सबै देशहरुमा १५ वर्ष देखी २९ वर्ष उमेर समुहका मानिसहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिन्छ ।एसियन देशहरुमाआत्महत्याको दर अन्य देशहरुको तुलनामा भन्दा बढी रहेको छ ।नेपालको सन्दर्भमा आत्महत्याको दर झनै डरलाग्दो रहेको छ ।नेपाल प्रहरीको वि.स. २०७५ को तथ्याङ्कलाई हेर्दा नेपालमा प्रतिदिन करीब १५ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । अझ पछिल्ला बर्षहरुमा यो दर घट्ने भन्दाझन बढ्दै गइरहेको देखाएको छ ।आ.व. २०७९÷८० को तथ्याङ्कलाई नियाल्दा नेपालमा प्रतिदिन करीब २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।प्रहरीकै तथ्याङ्कअनुसार आ.व. २०६३÷६४ देखि २०७९÷८० सम्म १७ वर्षको अवधिमा ८०,३६१ जनाले आत्महत्या गरेका छन । भने आ.व. २०७५÷०७६ देखि २०७९÷८० सम्ममुलुकभर ३३०२७जनाले । आ.व. २०७९÷८० मामात्रै ६९९३ जनाले आत्महत्या गरेका छन । जस मध्ये शुदुरपश्मि प्रदेशमा ५५६ जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको श्रावण महिनामामात्रै ६१७जनाले आत्महत्या गरेका छन ।
आत्महत्याका प्रमुख कारणहरु
डिप्रेसन, लागूऔषध, मनोसामाजिक समस्या, दीर्घ रोग, मानसिक स्वास्थ्य, असफल वैवाहिकजिवन, गरिबी,असफलता, पृयतम÷निकटतम व्यक्तिको मृत्यु तथा विछोड,पारिपारिक तनाब, सामाजिकतनाब, आर्थिक संकट, घरेलु हिंसा, डर÷धम्की, रोजगारी गुमाउनु, जनचेतनाको अभाव, शारिरिक तथा यौन दुव्र्यवहार, सामुहिकबलत्कार,प्राकृतिकविपत्ति, महामारी, सपनाको बाटोमाअवरोध सिर्जना, वंशाणुगत कारण, सामाजिककुपर्थाको कारण, रिसको झोकमा÷आवेगमाआएर ।
आत्महत्याजोखिममा रहेकामानिसहरु देखाउने संकेतहरु
१–आत्महत्यागर्ने कुरा गर्नु÷दोहा¥याउनु
२– आफुलाई मनपर्ने सामानहरु बाढ्ने
३– ऋिण दिने वालिएको ऋिण फिर्ता गर्ने
४– आत्महत्यापत्रलेख्ने
५– आत्महत्यामाप्रयोगहुने स्रोत, साधनहरुजम्मागर्ने
६– अरु सँग मृत्युको बारेमा सोधपुछ गर्ने
७– हिंसात्मकक्रियाकलापप्रतिलगाव बढाउनु
८– जिवन व्यर्थताको कुरा गर्नु
९– साथी सँगीहरु र परिवार बाट टाढा बस्नु
१०– अतिजोखिमपुर्ण कामगर्नु
११– अत्यभिक समस्याभएको र समाधाननभएको कुरा गर्नु
१२– छिनछिनमा व्यवहार परिवर्तनगर्नु
१३– खानाखाने, आरामगर्ने बानीमावरिवर्तन
१४– सामाजिक संजालमाआत्महत्यागर्ने विचार, योजनातथानिराशाजनकअभिव्यक्ति प्रकट गर्नु ।
१५– पहिलाआत्महत्याप्रयास गरेका व्यक्तिले पुनःआत्महत्याप्रयास गर्ने सम्भावना हुन्छ ।
आत्महत्या सम्बन्धि कानुनी प्रावधानहरु
कुलुकीअपराध (संहिता) ऐन, २०७४ को दफा १८५ का अनुसार आत्महत्यागर्न दुरुत्साहनदिननहुने कुरा उल्लेख गरिएको छ ।
१) कसैले कसैलाई आत्महत्यागर्न उक्साउनवात्यस्तो कामगर्ने सम्मको परिस्थिति खडा गर्नु वा गराउनु हुदैन ।
२) उपदफा १बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँचवर्ष सम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाहुनेछ ।
यस्तो कसूर भएको कुरा थाहापाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन ।
आत्महत्या रोकथामका उपाउहरु
१–आत्महत्याजोखिमका कारणहरु पहिचानगर्ने ।
२– राम्रो सँग कुरा सुनिदिने ।
३– आत्महत्या लक्षण देखिएमाउसको दैनिकीजिवन सहजबनाउन सहजीकरणको भुमिका खेल्ने ।
४– आत्महत्यागर्न सक्ने स्रोत, साधनहरुमाध्यान पु¥याउने र सजगताअपनाउने ।
५– आत्महत्यागर्नु गलतहो भनेर जनचेतना फैलाउने ।
६– आत्मविश्वास जगाउने खालकाकृयाकलापहरु गराउने ।
७– मनोरञ्जनात्मककृयाकलापहरुमा सहभागी गराउने ।
८– नियमितध्यान, योगा, मेडिटेसन र शारिरिक व्यायाम गराउने ।
९– मनोविमर्शकर्ता, मनोविदतथा मनोचिकित्सककहा पठाउने ।
१०– अत्यधिकजोखिमभएएक्लो नछोड्ने ।
११– समस्याभएकाव्यक्तिसँग समानुभुतिपुर्ण व्यवहार गेर्ने ।
१२– भावनात्मक सहगोग गर्ने ।
१३– आपत्कालिनअवस्थामा टेलिफोनका माध्यमबाट विशेषज्ञहरु सँग सम्पर्क गर्ने ।
१४– सामाजिक कृयाकलापहरुमा सहभागी गराउन प्रेरित गर्ने ।
१५– तनावव्यवस्थापनकाउपायहरु सिकाउने ।
१६– संचार माध्यमबाट आत्महत्याका घटनाजन्य फोटो, भिडियोहरु र प्रयोगगरिएका स्रोत, साधनहरु स्पष्ट देखिने गरि अपलोड नगर्ने र रोकथामकालागी वेला वेलाजनचेतनामुलककार्यक्रमहरु सञ्चालनगर्ने ।
१७– केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकाले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती २०७७कार्यान्वनगर्नुपर्दछ ।
आत्महत्याकुनै सरुवा रोग नभएका कारण यसलाई पुर्ण रुपमा रोकथामगर्न नसके पनि धेरै हदसम्मभने अवश्य रोकथामगर्न सकिन्छ । यसकालागिजनचेतना र मनोविमर्श सेवाएकदमै महत्वपुर्ण छ ।आत्महत्यागर्नेप्रायःजसोले तत्कालको निर्णयबाट नभइलामो सोच, बिचार र योजनाबनाएर मात्रै गर्ने गरेको पाइएको छ ।मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्यागर्न बाध्य गराएको हुन्छ । त्यसैले यो समस्या समाधानगर्नका लागी स्वयं व्यक्ति, घर–परिवार, समाज र पुरै राष्ट्रलाग्नुपर्ने अवस्था देखिन्छ ।
जे.बि. कुँवर
मनोसामाजिक मनोविमर्शकर्ता
एवम
अनेरास्ववियु शुदुर–पश्चिमप्रदेश कमिटि (कोषाध्यक्ष)