डडेल्धुरा। डडेल्धुरामा एक सहकारीको झ्याल फोडेर चोरी भएको छ।
डडेल्धुराको परशुराम नगरपालिका–४ कटालस्थीत शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। शुक्रबारदेखि बन्द रहेको सहकारी आइतवार (हिजो) बिहान कार्यालय खोल्दा मात्रै उक्त घटना भएको थाहा पाइएको हो। सहकारी कार्यालयको झ्याल फोडेर चोरी भएको थाहापाएपछि सो घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिरबहादुर थापाले सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।