धनगढी। कञ्चनपुरका युवकलाई बालिका करणी कसूरमा १० वर्षको कैद सजायको फैसला गरिएको छ । १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुर भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो।
जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरिएको हो।
जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएको बताए । सुनारमाथी थप अनुसन्धान भैरहेको छ ।