कञ्चनपुर। कञ्चनपुरमा विभिन्न मुद्धामा फरार एक महिलासहित ५ जना पक्राउ परेका छन्। कञ्चनपुरमा विभिन्न मुद्धामा अदालतबाट सजाय तोकेकै दिनबाट फरार रहेका ५ जनालाई शुक्रवार प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा रामसिँ देवि सुनार, राम कुमार सुनार, निरज चन्द, अमित बम र नन्दादेवि रोकाया रहेका छन्। रामसिँ र रामकुमारलाई २०६४ बैशाख ५ गते दोहोरो नागरिकता लिएको आरोपमा दुई हजार जरिवाना तोकिएको थियो।
यस्तै चोरीमुद्धामा निरजलाई २०७६ मंसिर १७ गते ११ महिना ११ दिन कैद एक हजार जरिवाना, अमितलाई २०७९ कार्तिक ३ गते दुई महिना कैद ६५० रुपैँया जरिवाना तोकिएको थियो। जारी मुद्धामा नन्दादेविलाई २०५२ असार सात गते एक हजार जरिवाना तोकिएको थियो। उनएहरुमाथी थप अनुसन्धान भैरहेको छ ।