अछाम। अछामको मेल्लेख गाँउपालिकामा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाँउपालिका वडा नम्बर ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख गाँउपालिका १ रिसिदहका ५५ बर्षीय रंग धामी,सोही ठाउँकै ४५ बर्षीय प्रेम धामी, ३७ बर्षीय नरव धामी, १५ बर्षीय जनक धामी र सोही ठाउँकै २१ बर्षीय जनक धामी रहेका छन् । यस्तै घाईते भएका ३ जनामा सोहीकै लाल बहादुर धामी, हंस धामी र एक नाम नखुलेको बालक रहेका छन्।षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक नरेन्द्र बहादुर खड्काले जानकारी दिए ।घाईते ३ जनालाई उपचारको लागि बयालपाटा अस्पताल पठाईको उनले जानकारी दिएका छन्। घट्नाको बिस्तृत विवरण आउन बाँकी रहेको छ।