दार्चुला। नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका दार्चुला अध्यक्षले राजीनामा दिएका छन्। समाजवादी दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाले आज (आइतबार) राजीनामा दिएका हुन्।
उनले आफूले राजीनामा पदबाट दिएको सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले व्यक्तिगत र समय दिन नसक्ने भएकाले पदबाट राजीनामा दिएको बताएका छन्।

