धनगढी। कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका- ३ कटानपुरबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित गोदावरी नगरपालिका- ४ बस्ने २२ वर्षीय बिशाल ऐडीलाई पनि शनिवार साँझतिर प्रहरीले पक्राउ गरेको हो।