बैतडी। मन्त्री बनेपछि दामोदर भण्डारी गृहजिल्ला बैतडी पुगेका छन्। उनी हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन्। काँग्रेससँगको गठबन्धन विघटन भएपछि उनी एमालेबाट बुधवारमात्रै मन्त्री बनेका हुन्।
आज(आइतवार)दिउँसो बैतडी पुगेका उनलाई गृहनगर पाटनमा स्वागत समेत गरिएको छ। एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी भोलिदेखि सुरु हुने एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनका लागि गृहजिल्ला पुगेका हुन्।
आइतबार बिहान धनगढी पुगेर सुदूरपहाडका अन्य जिल्लाहरुमा पनि स्वागत कार्यक्रम रहेको थियो। तेश्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी बैतडी आएका नेकपा एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए।


