धनगढी। राष्ट्रपति रामचन्द्र पौडेल अछाममा लागेको कोटीहोम महायज्ञको उद्घाटन गरेका छन्। बिहीबार साँफेबगर नगरपालिकामा रहेको वैद्यनाथ धाममा सुरु भएको कोटिहोमको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन ।
बिहिवार (आज)बाट सुरु भएको कोटिहोम यही फागुन २५ गतेसम्म सञ्चालन हुने छ। शिवरात्रिको दिनसम्म कोटिहोमको आयोजना गरिएको हो। पौराणिक, धार्मिक, ऐतिहासिक,सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको छ। वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसारका लागि कोटीहोम लगाइएको जनाइएको छ । कोटिहोम महायज्ञमा एक करोड ५० लाख खर्च हुने तथा ५० हजार भन्दा बढि भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ।