धनगढी। कैलालीको धनगढी विमानस्थलमा नेकपा एमालेका सचिव लेखराज भट्ट र पूर्वउपाध्यक्ष भीम रावलबिच भेट भएको छ । मङ्गलवार विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबिच भेट भएको हो ।
एमाले कैलालीको अधिवेशन उद्घाटनमा आएका भट्ट काठमाडौँ जाँदै थिए भने रावल अछामको वैद्यनाथ कोटिहोममा सहभागी हुन आएका हुन् ।
विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबिच राजनीतिक विषयमा कुरा भएन । तर, भट्टले रावललाई घरमा जारी महायज्ञको प्रसाद ग्रहणका लागि निम्तो दिएका छन् । उनीहरूबिच ३० मिनेटभन्दा बढी कुराकानी भएको हो ।