धनगढी। सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालीका धनगढीमा सार्वजनिक शौचालयको अभाव भएको छ। धनगढीमा जम्मा ६ वटा शौचालय रहेपनी त्यो पनी प्रर्याप्त नभएकाले उपमहानगरबासी तथा बाह्य नागरिक शौच गर्न नै समस्या भैरहेको हो।
भएका सार्वजनिक शौचालय पनी सडक बिस्तारका क्रममा भत्किएका छन् भने भएका शौचालयमा पनी आवश्यक धुने सामाग्री छैन्। जग्गा नहुँदा सार्वजनिक शौचालयको अभाव भएको छ। धनगढीमा आउने अन्य जिल्लाका साथै भारतसहित बाह्य मुलुकबाट समेत आइपुग्ने नागरिकहरु शौचकै लागि होटलमा खाजा,खानाको नाममा शौच गर्नुपर्ने बाध्यता बनेको छ।धनगढीका चोक तथा सार्वजनिक स्थान बढी भिडभाड क्षेत्रमा सार्वजनिक शौचालय स्थापना भएका छैनन्।
धनगढी ५ का जिवन चौधरीले धनगढीको सडक भएर आवतजावत गर्दा शौच लाग्दा बिच बाटोमा कहाँ जाने के गर्ने समस्या भएको बताए । उनले कामका बेला धनगढीका सडकमा आवतजावतका क्रममा शौच गर्न समस्या हुने गरेको बताए । उनले भने, कहिले दिसापिसाब पचाएर घरमै पुग्नुपर्छ, नत्र साथीको घरमा या नत्र भने होटलको शौचालय खोज्नुपर्छ, उनले भने सार्वजनिक शौचालय नहुँदा धेरै समस्या भोग्नुपरेको छ ।धनगढी बसपार्कमा ३ वटा, जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धवार र उप–महानगरपालिकाको कार्यालय परिसरमा एकरएक र बसन्त टोलमा एक सामुदायिक शौचालय सञ्चालनमा छन्।
ति पनी नगरवासी तथा बाह्य नागरिकलाई टाढा टाढाको दुरीमा रहेकाले त्यहाँ पुग्न निकै समय लाग्ने गरेको छ । उप–महानगरपालिकाले धनगढीको चौराह क्षेत्र, बसपार्क ९साल्ट ट्रेडिङ० क्षेत्र, नेश्नल ट्रेड्रिङ भएको क्षेत्र, पशु कार्यालय भएको क्षेत्र, खाद्य क्षेत्र, क्याम्पस चोक र फुलबारी क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक छ। यता धनगढी उमहानगरपालीकाले सार्वजनिक शौचालय निर्माणका लागी पहल चालिएपनी पहल गरिएपनी जग्गा र ठाउँ अभाब रहेको बताएको छ।
धनगढी उपमहानगरपालीकाका १ हजार ८ सय बढी घर परिवारसँग शौचालय छैन्। नेपालको जनगणना २०७८ अनुसार धनगढीको एक लाख ९८ हजार सात सय ९२ जनसंख्यामा १ हजार ८ सय १५ परिवारसँग शौचालय नभएको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको छ। खुल्ला दिसामुक्त घोषणा गरिएपनी धनगढीका सबै नागरिकले शौचालय र खानेपानीको प्रयोगसमेत गर्न पाइएका छैनन् । खुल्ला दिसामुक्त घोषणा भएपनी वास्तविक रुपमा त्यो हुन नसकेको छैन्। यस अघि २०७४ पौष १० गते धनगढी उपमहानगर खुल्ला दिसामुक्त घोषणा गरिएको थियो। कैलाली जिल्ला १२ वर्षमा छैटौँ पटकको मितिमा खुल्ला दिशामुक्त घोषणा गरिसकिएको छ।