कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा केही दिनयता बस्तीमै चितुवा देखिन थालेको छ। पछिल्लो समय कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास, बेलौरी र बेल्डाँडीमा चितुवा देखिइरहेको हो।
आज मात्रै बेलौरी नगरपालिका-१० भुडा बन्डजलामा उखुबारीमा चितुवाले चितल मारेको पाइएको सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए।मृत चितललाई स्थानीय,प्रहरी, जनप्रतिनिधिको रोहबरमा खाल्डोमा पुरिएको छ।
चितुवा देखिएको क्षेत्रमा करिब १ सय बिघा बाक्लो उखुखेती रहेकोले खोज्न कठिनाइ हुँदा वनको टोली फिर्ता गएको यादवले बताए। बस्तीमा चितुवा देखिन थालेपछि स्थानीय त्रसित बनेका छ्न्। डिभिजन वन कार्यालय पचगडियाका प्रमुख यादवले सबैमा सचेत रहन हार्दिक अपिल गरेका छन्।