धनगढी। कैलालीको धनगढीबाट चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। चोरी मुद्धामा फरार रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेको प्रहरीले जनाएको छ।
रानालाई आज (आइतवार) उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। रानालाई अदालतले चोरी मुद्धामा १५ दिन कैद सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई प्रहरीले कारबाहीका लागि अदालत पेश गरेको जनाएको छ।