धनगढी। धनगढीको स्टेपीङ स्टोन इङलिस स्कूलले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। शनिबार स्कूलको ३२ वार्षिकोत्सवको अवसरमा केन्द्रलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तरण गरेको हो।
पुनलाई विद्यालयले सम्मान समेत गरेको छ। स्कूलको ३२ औँ वार्षिक उत्सवका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पुनलाई खादा ओढाएर सम्मान गरेका हुन्। कार्यक्रममा पुनले आफुले किताव विक्रि गरेर बीरगंजको कृषि औजार कारखाना संचालन गरेर प्रतिबद्ध्ता समेत गरे। त्यसैका लागि अहिले किताव विक्रि गर्न देश दौडाहमा रहेको उनले उल्लेख गरे। वार्षिकोत्सव कार्यक्रममा विविध कार्यक्रम गरी विद्यालयको प्राङगणमा जारी रहेको छ ।