कञ्चनपुर। भारतीय गाडी नियन्त्रणमा लिएपछि बनबासामा नेपाली गाडी रोकीएका छन् । कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै सोमबार प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको थियो ।
नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा पार्किङ गर्ने र नेपालमा कुनै भन्सार नतिरी यात्रु बोकेको भन्दै भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिएको थियो।कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको दुई दिनपछि आज (बुधबार) भारतीय ट्याक्सी व्यवसायीहरूले बनबासा बजारमा नेपाली गाडीहरू नियन्त्रणमा लिएका छन्। उनीहरूले प्रतिशोध साध्ने मनसायले नेपाल भारत मैत्री बस अन्तर्गत सञ्चालित महाकाली यातायातको बस रोकेर बनबासा थानामा बुझाएका हुन्।