धनगढी। कैलालीमा शिक्षा अधिकृतलाई कालोमसो दल्ने एक जनालाई पक्राउ गरिएको छ । लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमसो दल्ने ३१ वर्षीय भुवन रम्तेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका-४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चाररपाँच जना युवाहरुको समूहले कालोमसो दलेका थिए। नगरपालिकाबाट फर्किने बेला उनको मोटरसाइकल रोकेर युवाहरुले कालोमसो दलेका हुन् । पक्राउ परेका रम्तेल नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज रहेको प्रहरीले जनाएको छ ।