धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर २ को आदर्श टोलमा सरसफाइ कार्यक्रम गरिएको छ। हाम्रो धनगढी हामी बनाउँछौ भन्ने नारासहित आज मंगलबार वडा नम्बर २ कार्यालयको आयोजना, टोल बिकास संस्था तथा सरसफाइ समितीको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो।
आदर्श टोलका बिभिन्न गल्लीहरुमै पुगेर टोल बिकास समिती,आमा समूह, स्वयंसेवक,सरसफाइ साखाका कर्मचारी तथा सामाजिक परीचालीका नीर्मला रावलको साथमा सरसफाइ कार्यक्रम गरिएको आयोजकले जनाएको छ। टोलका बिभिन्न सडक आसपास क्षेत्र,टोल तथा बस्ती वरपरका क्षेत्रमा फोहर जन्य बस्तुको सरसफाई गरि ब्यवस्थीत गरिएको महिला स्वयं सेविका संयोजक लिला पोख्रेलले बताइन्।
उनले टोलबासीहरुले पनी आ-आफ्नो क्षेत्र वरपर रहेका फोहरजन्य बस्तुको सरसफाई गरेमा स्वच्छ,सफा सुन्दर र ब्यवस्थीत समुदाय बन्ने जानकारी दिइन्। यसरी सबैले आ आफ्नो क्षेत्रबाट लागे हाम्रो धनगढी हामी सबैले नै बनाउनेमा ढुक्क हुने बिश्वास राख्दै सरसफाइ कार्यक्रम उपस्थीती जनाउने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेकी छिन्।




