धनगढी। कैलाली उद्योग वाणिज्य संघले नेपाली सेनाका सुदूरपश्चिम पृतनापति गणेश कुमार श्रेष्ठलाई स्वागत गरेको छ। आज (आइतबार) उद्योग वाणिज्य संघले धनगढीमा आफ्नै कार्यालयको सभाहलमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै पृतनापति श्रेष्ठलाई स्वागत गरेको हो।
संघका अध्यक्ष पुष्पराज कुँवरले श्रेष्ठलाई स्वागत माला र खादाले स्वागत गरेका थिए। संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सेना सँग उद्योग वाणिज्य संघले विगत देखि नै विभिन्न विपत तथा कल्याणकारी कार्य अन्य पर्यटन प्रवर्द्धन को कार्यमा सहकार्य गर्दै आएको बताए।
उनले आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गर्दै स्वागत गरिएको बताए। पृतनापति श्रेष्ठले पनि सेनाले सक्ने र कानुनले मिल्ने कार्यमा सहकार्य र सहयोग गर्ने बताए। सो अवसरमा संघका कार्य समितिका सदस्य,पदाधिकारी,सल्लाहकारहरूको उपस्थिति रहेको थियो।