काठमाण्डौ। क्षेत्री समाज राष्ट्रिय महासंघ केन्द्रिय समितिको २१ औं बार्षिक साधारणसभा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। शनिबार क्षेत्री समाज राष्ट्रिय महासंघको केन्द्रीय कार्यालय अनामनगर काठमाण्डौमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो ।
महासंघका केन्द्रिय अध्यक्ष बिष्णुबहादुर खड्का क्षत्रीको सभापतित्वमा भएको बार्षिक साधारणसभामा महासंघका प्रमुख सल्लाहकार कुमारबहादुर कार्की प्रमुख अतिथि रहेका थिए । यस्तै मष्टो कुलदेवता प्रतिष्ठानका अध्यक्ष एवम महासंघका संस्थापक सल्लाहकार मोहनसिंह खड्का,बिशिष्ट अतिथिका साथै बिश्व हिन्दू युवासंघका अध्यक्ष ऋषिकेश जंग शाह लगायत अतिथिको उपस्थीती रहेको थियो। दिप प्रज्वलन माल्यार्पण बिधिवत उद्घाटन सुरुवात प्रमुख अतिथि, बिषेश अतिथि र सभाका अध्यक्ष समेतले गरेका थिए। महासंघका सहअध्यक्ष टेकबिर जंग रायमाझीबाट स्वगत मन्तब्य राखेका थिए भने महासचिव बहादुर सिंह बिष्टबाट महासंघको बार्षिक प्रगति बिवरण पेश गरिएको थियो । साथै कोषाध्यक्ष बाबुराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभामा केन्द्रीय उपाध्यक्ष जागृति बोगटी,गर्ग गोत्रिय समाजका अध्यक्ष रामबहादुर खड्का लगायतले महासंघको प्रतिनिधिका हैसियतले मन्तब्य राख्नुभएको थियो। महासंघकी उपाध्यक्ष बोगटीले महासंघलाई देशभर फैलाउन आगामी दिनमा क्षेत्री समाज अघि बढ्ने जानकारी दिइन्।यस्का लागी के कसरी अघि बढ्ने र जिल्ला तथा क्षेत्रिय तहमा कसरी संन्जाल फैलाउने बिषयमा जनचेतनामूलक कार्यक्रम गरिने योजना रहेको बताइन्। साथै उनले देश र जनताका लागि हाम्रो महासंघले गर्ने बिषयमा छलफल भएको बताएकी छिन्। समुदायहरू हकहितका निम्ति सबैको साथ सहयोगको अपेक्षा समेत राखेकी छिन् । त्यसैगरी कार्यक्रममा अतिथि, बिषेश अतिथि, प्रमुख अतिथिहरुले महासंघले गर्नुपर्ने जिम्मेवारीका बारेमा प्रकाश पारेका थिए। महासचिव र कोषाध्यक्षबाट प्रस्ताव भए अनुसार साधारण सभाबाट पारित गरिएको थियो। सचिव ओमबहादुर रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए।