अछाम। अछाममा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्। चौरपाटी गाउँपालिका-४ पायलकी १२ वर्षीया सुशिला धामी आज जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन्।
उनको हातमा चोट लागेको छ। घाइते धामीको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।