धनगढी। कैलालीको गोदावरी नगरपालिका-८ खुटिया नदी र गोदावरी नगरपालिका-२ मा नदीजन्य पदार्थको अबैध उत्खनन् भैरहेको पाइएको छ । गोदावरी नगरपालिकाको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको खुटिया र गोदावरीमा नियम बिपरित नदिजन्य पदार्थ उत्खनन भैरहेको स्थानीयले बताएका हुन्।
दैनिक रुपमा नदीजन्य पदार्थको अबैध उत्खनन् हुन थालेपछि नदी आसपासका वस्ती र निर्माण गरिएका भौतिक संरचनामा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको स्थानियको गुनासो छ। वातावरणीय प्रभाव मुल्यांकन (इआइए) विपरीत नदी आसपासका क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ। यस्तै सो बिषयमा नदीजन्य पदार्थको अबैध उत्खनन् बढ्न थालेपछि नेकपा एमाले गोदावरी नगर कमिटीले अनुगमन समेत गरेको छ।
गोदावरी नगरपालिका-८ स्थित खुटिया नदीको अनुगमन एमाले गोदावरी नगर कमिटीले अनुगमन गरेको हो। साथै गोदावरी नगरपालिका–९ सेहरीस्थित झोलुंगे पुलको समेत नगर कमिटीले अनुगमन गरेको छ। खुटिया नदीबाट मनोमानी रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको कमिटीले गरेको अनुगमनबाट समेत देखिएको एमाले गोदावरी नगर कमिटीले जनाएको छ। नदि जन्य पदार्थ उठाउन नगरपालिकाले पटक पटक ठेक्का आह्वान गरेपनी ठेक्कामा नगएपछि नगरपालिका आफैंले कर्मचारी राखेर नदि जन्य पदार्थ उठाइरहेको छ।
यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले पनि खुटियामा भईरहेको दोहन प्रती आक्रोस ब्यक्त गरेका छन। उनले शनिबार बिहान खुटिया क्षेत्रको निरिक्षण गर्दा अबस्था भयाबह रहेको बताए। भट्टले नदी किनारका वस्तीहरुमै असर पर्ने गरी नदीजन्य पदार्थको अबैध उत्खनन् भइरहेको र मापदण्ड विपरीत नदीजन्य पदार्थ नगरपालिकाले निकासी गरेको आरोप लगाए। नगरपालिकाले ठुलाठुला मेसिन को प्रयोग गरेर नदिजन्य पदार्थको उत्खनन गरिरहेको आरोप लगाए।
एमालेबाट निर्बाचित निबर्तमान मेयर हरि सिँ साउँद सहितको टोलीले शुक्रबार खुटिया क्षेत्रको अबलोकन गरेको छ। सो क्रममा मापदण्ड बिपरित खुटियाबाट नदिजन्य पदार्थ उठाइरहेका साउँदले बताए।उनले स्थानीय भौगोलीक अवस्था र जनतालाई असर नपर्ने गरी उत्खनन् हुनुपर्ने र प्राविधीकहरुको सहयोगमा निश्चीत ठाँउमा रेखांकन् गरी उत्खन्न गर्नुपर्ने प्रावधान रहेकोमा हाल त्यस्तो नदेखीएको उनले बताए। त्यस्तै गोदावरी नगरपालिका-२ गोदावरीमा पनि नदीजन्य पदार्थको अबैध उत्खनन् बढेको, नदीको नाम निसाना मेटाउने गरी उत्खनन् भइरहेको,गोदावरीमा सय फिटभन्दा पनि गहिरो खाल्डो परेको बताए। तर नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गरेको क्षेत्रबाट मात्र नदीजन्य पदार्थ सङ्कलन हुँदै आएको गोदावरी नगरपालिकाका संयोजक देवराज भट्टले बताएका छन् । यता स्थानियले नदिजन्य पदार्थ उत्खननमा मात्रै स्थानिय निकायले ध्यान दिएको तर तटबन्धन लगाएत बस्तीको जोखिमबाट बचाउने तर्फ ध्यान नदिएको बताएका छन्।