कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा आज बिहान चितुवा देखिएको छ। दोदापुलदेखि पश्चिम मसानघाट नजिक देखिएकोले उखु खेतबारीमा खोजिरहेको कुण्डा सब डिभिजन वन कार्यालयले जनाएको छ।
वन कार्यालयका कर्मचारी र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक हेमराज भट्टको टोली खटिएको कार्यालयले जनाएको छ।सव डिभिजन बन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले चितुवा आज बिहान पुनर्वास १० दोदापुल देखि पश्चिम मसानघाट नजिक देखिएकोले उखु खेतबारीमा खोजी गरिरहेको बताए।
हामी कुण्डा सब डिभिजन बन कार्यालय को बन कर्मचारीहरु र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्ती को प्रहरी निरीक्षक श्री हेमराज भट्ट सर को टोली फिल्डमा खटिएका छौ। उनले उखु खेतीबारी जाँदा सतर्कता अपनाउन अनुरोध गरेका छन्। मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको चितुवा उखुबारीमा पसेको थियो।


