धनगढी।धनगढी–३ बोराडाँडी स्थित हरुदेवि विष्टका श्रीमान वितेको १२ बर्ष भन्दा बढी भइसक्यो । सन्तानको नामा छोरी छन्। छोरीको विहेपछि केही शुख पाउने आशा गरेकी हरुदेवि अहिले झनै समस्यामा छिन् ।
छोरीको बिहेपछि हरुदेविका ज्याँइले छोरीको खास्सै वास्ता गरेनन्। जसका कारण छोरीलाई बिहेपछि पनि आफैसंग राखेर पाल्नुपर्ने जिम्मेवारी हरुदेविको काँधमा आयो। भैसीको दुध वेचेर जेनतेन गुजरा चलाउँदै आएकी हरुदेविसंग अहिले भैंसीपनि छैन।
ज्वाइले वास्ता नर्ग छोडेपछि हरुदेविकी छोरी पूजा विष्ट मानसिक रोगी बनेकिछन्। हरुदेविले आफुसंग भएको भैंसि वेचेर छोरीको उपचारमा लगाइन्। त्यो औषधीले नत छोरी स्वस्थ भएकिछन्, नत आयश्रोतको कुनै अर्को श्रेतनै छ ।
‘छोरीको उपचार गर्न भनेर स्सतैमा भैंसि वेचें आफ्ना दुःख पोख्दै हरुदेविले भनिन्, ‘त्यो पैसाले छोरीको रोग निको भएन, थप उपचार गर्न पैसापनि छैन, अवत बिहान वेलुकाको छाक टार्नपनि नसकिने अवस्था भइसक्यो।’ उनले छोरीको थप उपचारका लागि ऋण माग्न खोज्दा कसैले नपत्याउने गरेको सुनाईन्। ‘कसैलाई सहयोग मागौं भने पत्याउँदैनन्, संघ संस्था तथा सरकारी निकाय कहाँछन् थाहा छैन ।’ उनले छोरीको उपचारका लागि सहयोगको अपिल गरेकिछन् ।
‘डाक्टरले थप उपचारका लागि छोरीलाई भारतको बरेली लैजाउ भनेका छन्,’ उनले भिनन्, ‘मसंग खाद्यान्न किन्ने पैसापनि छैन, त्यसैले सवैलाई सकेको सहयोग गरिदिन अपिल गर्न थालेकि छु ।’
हरुदेविलाई छोरी संगै नातीको पालनपोषण गर्ने अर्को भार थपिएको छ। ‘छोरीबाट एउटा नाती पनि छ,’ हरुदेविले भनिन्, ‘छोरीको घरका मान्छेलाई लैजाउ भन्दा लग्दैनन्, यहाँ मलाई उसलाई खुवाउन पनि समस्या भइरहेको छ ।’ ‘घरमा अन्न छैन,’ हरुदेविले भनिन्, ‘नत रोजगारीनै छ, छोरी रोगि छे, नातीलाई कतिवेला कहाँलगेर छोड्नेहो भन्ने चिन्ताले घर छोड्न पनि सकिदैन ।’
हरुदेविका दुःख, छोरी मानसिक रोगि, नातीलाई खुवाउन अन्न छैन
हरुदेविका दुःख, छोरी मानसिक रोगि, नातीलाई खुवाउन अन्न छैन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु