धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर-५ शिवनगरस्थीत चैतन्य पाठशालामा चैतन्य स्ट्रिम वर्कसप कार्यक्रम आज देखी सुरु भएको छ।
चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा आज माघ १६ देखी २२ गतेसम्म सञ्चालन हुने स्ट्रिम वर्कसप कार्यक्रमको प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिँह धामीले उद्घाटन गरेका हुन् । स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न ११ ओटा विद्यामा एक हप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना छ । यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहने छन् ।
यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी (टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट) रहने छन् । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य पाठशालाका सहायक प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य चैतन्य पाठशालाको रहेको बताए।
विद्यार्थीलाई विद्यालयमा पाठ्यपुस्तकमा मात्रै सीमित नराखेर र ज्ञान सिप र कला संस्कृति र पहिचानलाई दैनिक व्यवहारमा लागु गराउन र पूर्वीय दर्शनको मान्यतालाई आधार गर्दै त्यसभित्र महान् कुरालाई आत्मसाथ गराइने उनको भनाई छ। कार्यक्रमको उद्घाटन गर्दै मन्त्री धामीले चैतन्य स्ट्रिम वर्कसप कार्यक्रम एकदमै राम्रो रहेको भन्दै पाठशालाका अध्यक्ष, शिक्षक शिक्षीका लगायतलाई धन्यवाद र सलुट प्रकट गरे। सुदूरपश्चिम प्रदेश सरकारले शिक्षामा केही नयाँ आयाम गर्नु छ भने त्यो चैतन्य पाठशालाबाट सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरे। हरेक स्कुलले चैतन्यलाई आत्मसाथ गर्दै गएमा देशको शिक्षामा नयाँ आयाम,मुहार फेरीने बिश्वास ब्यक्त गरे।हरेक शिक्षा क्षेत्रमा राम्रो र गुणस्तरीय बनाएको छ भने त्यो चैतन्य पाठशालाले मात्र गरेको भन्दै प्रशंसा गरे। विज्ञान र प्रबिधी पनी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग सरोकार राख्ने बिषय भएकाले प्रदेश सरकारले चैतन्यलाई गर्नुपर्ने सहयोग गर्न आफु तयार रहेको बताए। प्रदेश सरकारले बिकास सम्मेलनको तयारी गरिरहेको भन्दै एक हप्ता सम्म चल्ने वर्कसप कार्यक्रममा उत्कृष्ट हुनेलाई प्रदेश सरकारले पहिचान गर्ने र सम्मान समेत गरिने बताए। साथै आफु र प्रदेश सरकारले गर्नुपर्ने सहयोग पाठशालाई सधै सहयोग गर्न तयार रहेको मन्त्री धामीको भनाई छ ।
वर्कसपमा विभिन्न विद्यालयका करिब २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने छ। विद्यार्थीहरुलाई विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणको प्रयोगात्मक अभ्यास र सिकाइ प्रवर्द्धन गर्न वर्कसपमा काठमाडौं र हेटौडाका ६ जना युवा वैज्ञानिकहरुको समेत सहभागिता रहेको बताइएको छ।बिद्यार्थीहरुलाई भावी वैज्ञानिकको रूपमा विकसित गर्न चैतन्य पाठशालाले वर्षभरि नै उपयुक्त वातावरण र आवश्यक श्रोत साधनको व्यवस्थापन गर्ने बताएको छ । चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यार्थीहरुलाई शिक्षा संस्कारको संगम पूर्वीय दर्शनमा आधारित शिक्षण पद्धति जीवन उपयोगी शिक्षा र अहिलेको विश्व व्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेवार विद्यार्थीको निर्माणमा जुटेको बताए।विद्यार्थी काल देखी नै उसको असल र चरित्र वान व्यक्ति बनाउने उद्देश्य रहेको बताए । उनका अनुसार सुदूरपश्चिममै पहिलो पटक विद्यालय स्तरमा सप्ताह ब्यापीरुपमा आयोजना भइरहेको बताए । भविष्यको वैज्ञानिकको रूपमा राष्ट्रिय रूपमा वैज्ञानिक उत्पादन गरिने उद्देश्य छ । विकास गर्ने स्ट्रिम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकामा भविष्यमा सहयोग पुग्ने अपेक्षा छ। बालबालीकालाई पाठ्यपुस्तक बाहेक ब्यवहारिक ज्ञान दिन आवश्यक रहेको र त्यस्कालागी चैतन्यले स्मार्ट बोर्ड प्रयोगमा ल्याएको बताए । बिद्यार्थीको रुचि र भबिस्यमा गरीखान सक्ने शिक्षालाई आत्मसाथ प्रदान गरिएको जानकारी दिए ।
कैलाली बहुमुखी क्याम्पसका सिताराम भट्टले बिद्यार्थीहरुमा नविनतम सोचको बिस्तार गर्न जरुरी रहेको बताए ।
बिभिन्न ज्ञानगुन, जटीबुटी, बिज्ञानका कुरा, सिप, कला रहेपनी त्यसको ब्यवसायीक र प्रबिधिसँग जोड्ने कुरामा ध्यान दिन नसकेको बताए । त्यसलाई चैतन्य पाठशालाले स्ट्रिम वर्कसपमा थप अगाडी बढाउने बिश्वास ब्यक्त गरेका छन् । यस्तै एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्म देव भट्टले अरु भन्दा केही फरक युग सुहाउँदो, समय सापेक्ष रुपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ अध्यक्ष जोशीले चैतन्य पाठशाला परिकल्पना गरेर ल्याएको बताए । कार्यक्रमका बिशिष्ट अथिति समेत रहेका क्याम्पस प्रमुख भट्टले प्रदेशकै उत्कृष्ट नमुना बिद्यालय बनेकोमा प्राचार्य, सञ्चालक, शिक्षक शिक्षीका लगायत सबैमा धन्यवाद ब्यक्त गरे। चैतन्य पाठशालाका अध्यक्षय गणेश प्रसाद जोशी हामी सबैको पेरणादायीक व्यक्ती भएको उहाँ बाट हामीले मात्र नभएर सम्पुर्ण शिक्षामा रहेका हरेक व्यक्तिले उहाँलाइ आत्म साथ गदै अगाडी बढेमा शिक्षामा राम्रो फट्को मार्ने बताए । उनले बिद्यार्थीको शैक्षिक गुणस्तरका साथसाथै ब्यक्तित्व बिकासका लागी संस्कार नभएमा शिक्षाको मान्यता नहुने बताए ।
बिद्यार्थीलाई किताबी ज्ञान रटाउने होइन्, घोकाउने होइन्, चैतन्य पाठशालाले बरु प्रबिधिलाई जोड्ने, बिद्यार्थी अबिभावक र शिक्षक सँग छलफल गराउने कार्य गरेकोमा सर्हानिय काम गरेको बताए । बिद्यालयहरुमा वर्कसप जस्ता कृयाकलाप गराइरहने हो भने बिद्यार्थीहरुले जिवन उपयोगी शिप सिक्ने र दक्ष जनशक्ति रोकिने र बिद्यार्थी बिदेश पलायनको समस्या रोकिने बताए । यस्तै विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सृजना गर्ने गरी कार्यक्रम आयोजना गरिएको हो । धनगढीका विभिन्न विद्यालयमा कक्षा ६ देखी ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क रूपमा सहभागी गराइने र प्रशिक्षकको रूपमा युवा वैज्ञानिक र अन्वेषणहरूको समूह रहने कार्यक्रम संयोजक बिन्दास बमको भनाई छ ।
यस्तै आवधिक रूपमा विद्यालय स्तरीय तथा अन्तर कक्षा विज्ञान, प्रविधि र अन्वेषणको क्षेत्रमा प्रदर्शनी र प्रतिस्पर्धात्मक कार्यक्रम रहने जनाएको छ। चैतन्य स्ट्रिम वर्कसप सम्पन्नपछि त्यसबाट आर्जन गरिएको ज्ञान र सम्भावित विषयहरूमा वर्षभरि नै निरन्तर खोज अनुसन्धान र अभ्यासको काम जारी रहने जनाइएको छ। यस्तै दीर्घकालिनरुपमा चैतन्य स्ट्रिम वर्कसपले विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ । कार्यक्रममा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी, शारदा माध्यमिक बिद्यालयका शिक्षक तिर्थराज पाण्डेय, धनगढी नमुना माविका शिक्षक गणेश नेपाली, मयुर इङलीस बोर्डिङ्ग स्कुलका प्रिन्सीपल पदमसिँह साउँदलगायत चैतन्य पाठशालाका प्रधानाध्यापक शिक्षक ,अभिभावक बिभिन्न शिक्षा बिद, ईन्जीनियर, पत्रकार, प्रोफेसर, बिभिन्न बिधाका शिक्षा प्रेमी,बैज्ञानीक, बिद्यार्थी,लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिन्दास बमले गरेका थिए ।