धनगढी। धनगढी २ ट्राफिक चोकबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ६७ हजार १० मूल्य बराबरको प्याज, नरीवल, मिठाई, गुलाबजामन, पापड, सुर्ति, बदाम, काजु, मैदा लगायतका सामान बरामद गरिएका हुन् । यस्तै धनगढीको सहिद गेटबाट अन्दाजी २३ हजार मूल्य बराबरको माछा बरामद गरिएको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनु्सन्धान गरिरहेको जनाएको छ ।


