दार्चुला। दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउ बस्ने ३२ वर्षीय शेर बहादुर बडाल सोही ठाउँ स्थित बडाली खोला नजिकै आईतवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धानको कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।