धनगढी। नेपाली काँग्रेस प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले गेटामा विश्वविद्यालय खोल्न पुर्वअस्पताल चल्नु जरुरी रहेको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका बलायरले बिहिवार अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्दै सो कुरा बताएका हुन्। गेटामा विश्वविद्यालय खोल्नु घरको ताला खोले जस्तो हैन, उनले भने विश्वविद्यालय खोल्न अस्पताल चल्नु जरुरी रहेको छ।
गेटामा ५ सय शय्याको अस्पताल चल्नुपर्ने र त्यसपछि पढाइ हुनुपर्छ, मेडिकलको पढाइसँगै अनुसन्धान हुन जरुरी छ। त्यसपछि उनले विश्वविद्यालय घोषणा गर्न सकिने आशय व्यक्त गरे। बलायरले विश्वविद्यालय ऐनका लागि सरकारलाई आफूहरूले घचघच्याइ रहेको बताउँदै हावाको भरमा आफूलाई केही व्यक्तिले आक्षेप लगाएको बताएका छन्। गेटामा विश्वविद्यालय स्थापना गर्ने कुरामा आफूलाई हावाको भरमा आक्षेप लगाउन नपाइने उनल बताए।
गेटामा ओपीडी चलेको तर, ताला लाउने बाहेक अन्य उपचार केही पनि हुन नसकेको भन्दै अस्पतालमा उपकरण र जनशक्ति उपलब्ध हुनुपर्ने बताएका हुन्। आर्थिक मन्दी रहेको बेला सुदूरपश्चिमलाई विश्वविद्यालय देखाएर अझ धोखा दिइने त होइन?विश्वविद्यालयको सपना देखाएर धोखा दिने त होइन? भनेर आफूले भनेको बलायरले बताएका छन्। विश्वविद्यालय आफैमा बन्न सकिन्न, डडेल्धुराको यात्रा तय गर्न हो भने गोदावरीबाट फल्टुडे-गैरा भएर डडेल्धुरा पुगिन्छ। एकैचोटि डडेल्धुरा तय गर्ने हो भने पुगिदैन,बलायरले भने।
बलायरले पाँछ सय शय्याको अस्पताल चल्नुपर्ने र त्यसपछि बिरामी अस्पताल भर्ना गरेर उपचार थाल्नुपर्ने बताएका छन्। उनले वीर अस्पताल र शिक्षण अस्पतालमा भएका जस्ता उपकरण अस्पतालमा हुनुपर्ने बताए। उनले संघियता कार्यान्वयन गर्ने हो भने यँहाको राजधानी बन्नु पर्नेमा जोड दिए ।कि त संघियता खारेज गरौ, होइन भने सुदुरपश्चिमलाई राजधानी बन्न दिनुपर्यो, बलायरले भने, मैले मात्रै होइन अन्य प्रदेशका सांसदले पनि सुदुरपश्चिममा राजधानी बन्नु पर्ने भन्दै छन। मैले त संसदमा बोलिनै रहेको छ ।बलायरले राजधानी कार्यान्वयनको लागी कम्तीमा प्रदेश प्रमुखको निवास, सभामुखको कार्यालय वा निवास यँहा हुनुपर्ने जिकिर गरे ।


