कैलाली। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले अब राजतन्त्र फर्किने सम्भावना रहेको बताएका छन् ।
कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले गणतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन्। राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’
उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’ उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन’, नेपालले भने ।नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रुपमा नरहेको बताएका थिए ।
‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।
कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनको आजबाट सुरु भएको छ। पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले पानसमा दियो बालेर महाधिवेशनको सयुक्त रूपमा उद्घाटन गरे।
महाधिवेशनमा ५२ जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागी रहेका नागरिक उन्मुक्तिले जनाएको छ। तीन दिन चल्ने अधिवेशनले अध्यक्ष र ३९ पदाधिकारीसहित दुई सय ५६ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको सभापतित्वमा सुरु भएको महाधिवेशनमा प्रमुख अतिथी अध्यक्ष रन्जिता श्रेष्ठ र विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री नेपाल रहेका छ्न। जनमत पार्टीका अध्यक्ष सिके रावतलगायत उद्घाटनमा सहभागी छन्। उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भनिए पनि कार्यव्यस्तताले आउन नसकेको नागरिक उन्मुक्तिले जनाएको छ।


