काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएर अलग भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि ओलीकै जन्मघर पुगेका छन्। राजसंस्था र हिन्दू धर्म फर्काउने अभियन्ता दाबी गर्ने प्रसाईं ओलीको जन्मघर पुगेका हुन्।
यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन्। तेह्रथुमको आठराई गाउँपालिका-४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्बिर खिचाएका छन्। यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन्। तेह्रथुमको आठराई गाउँपालिका-४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्वीर खिचाएका छन्। ‘इवा गाउँ- हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ झ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन्।
गत महिनामात्रै ओली एमालेको मध्यपहाडी संकल्प अभियानका क्रममा जन्मघर इवा पुगेका थिए। उनले पनि झ्यालमै बसेर तस्वीर खिचाएका थिए ।पछिल्लो समय ओलीको कट्टर आलोचक रहेका प्रसाईं जन्मघर पुगेर उसैगरी तस्वीर खिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। जति आलोचना गरे पनि प्रसाईंले ओलीलाई हजुरबुवा भन्न चाहिँ छोड्ने गरेका थिएनन्। बुधवार पनि उनले त्यही साइनो लगाएका छन्। प्रसाईं ओलीकै गृहजिल्ला झापा निवासी हुन्। कुनैबेला नेकपा (माओवादी केन्द्र)मा रहेका उनी छोडेर एमालेको केन्द्रीय सदस्य बनेका थिए। तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर झापामा कार्यक्रम गरेपछि उनी एमालेको कारबाहीमा परेका थिए। त्यसयता ओली र प्रसाईंको सम्बन्ध बिग्रिएको थियो।



