दार्चुला। दार्चुलामा एक महिलाको शव खोलामा फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित पथरानी रुक्साल खोलामा सोमबार बिहान एक महिलाको शव पाइएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले ती महिलाको परिचय खुल्न नसकेको बताएको छ। अन्दाजी ३५ वर्षीया ती महिला भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।