कञ्चनपुर । कञ्चनपुरबाट झण्डै डेढ लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका हुन्। शनिबार साँझ ३३ वर्षीय भवानीसिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथी प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।


