धनगढी। हिमशिखर सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभामा गोरखापत्र दैनिकका सुदूरपश्चिम संयोजक तथा अनुमोदन दैनिकका प्रकाशक सम्पादक प्रकाश विक्रम शाह सम्मानित भएका छन् ।शाहलाई सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको हो।
सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्ट्रार टीकाराम थापाले शाहलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्। शाह नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम संयोजक, गोरखापत्र दैनिकका पूर्ब सञ्चालक समिति सदस्य हुन् । उनी धनगढीमा कर्मथलो बनाई अढाई दशकदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन्। सो अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सहकारीको शेयर पुँजी तीन करोड ५० लाख ९० हजार एक सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार र ऋण लगानी तथा असुली ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताएका छन् ।


