धनगढी। धनगढीमा एउटै कारले ठक्कर दिँदा ४ जनालाई घाईते बनाएको छ। शुक्रबार साँझ ७ बजे धनगढी उपमहानगरपालीका ४ उत्तर बेहडीस्थीत सडकखण्डमा एउटै कारले ४ जनालाई ठक्कर दिँदा घाईते बनाएको हो।
होटल डिभोटी देखी चटकपुर सहिदगेट तर्फ जाँदै गरेको बा १५ च ५३०२ नम्बरको कारले पैदलयात्री, अटोरिक्सा र मोटरसाईकल चालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय कैलालीका अनुसार पैदलयात्री धनगढीका रोशनी चौधरी र शर्मिला चौधरी, ध.उ.न.पा ०२४६ नम्बरको अटोसहित चालक र से ५ प ५८१३ नम्बरका मोटरसाइकलमा सवार बलराम पाण्डेलाई ठक्कर दिएको हो। उनीहरु सबै घाईते भएका छन्।
ठक्कर दिने कारसहित अटो र मोटरसाइकलमा क्षती पुगेको छ। कार चालक कञ्चनपुरको भिमदत्त नगरपालीका १८ का सुरेन्द शाहलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएको जनाइएकोे छ । प्रहरीका अनुसार डिसब्यालेन्स भएर बिभिन्न ब्यक्तीलाई ठक्कर दिएको हो । उनीमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताएका छन् ।


