धनगढी। कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर ५ मा म्यारिज ब्युरो खुलेको छ। धनगढीमै पहिलो पटक “राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी, विश्वास र गोपनियता हाम्रो प्रतिबद्धता’ नारासहित फारवेष्ट म्यारिज ब्युरो सञ्चालन गरिएको हो।
फारवेष्टले युवा–युवतीहरूलाई परामर्शसमेत दिने बताएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा ब्युरो सञ्चालन आएको म्यारिज ब्युरोले अपाङ्गता भएका व्याक्तिहरुबाट शुल्कसमेत नलिने बताएको छ।
मानसिक समस्यामा रहेकाहरूलाई फारवेष्टले परामर्शसमेत दिने भएको हो। फारवेष्टमार्फत जीवनसाथी खोज्न चाहानेहरूले आफ्नो विवरण, जीवनसाथी सम्बन्धी अपेक्षा र संस्थासँगको सम्झौता पेस गर्नुपर्ने छ। फारवेष्टले जीवनसाथीका लागि विवरण दिनेछ। फारवेष्टले फेसबुक तथा ह्वाटसेवमार्फतसमेत सेवा दिने बताएको छ। सेवाका लागि ९७६९९३२०७६ नम्बर सार्वजनिक गरिएको छ।


